राजीनामा दिए गृहमन्त्री निधिले

काठमाडौं, १८ वैशाख – प्रधानान्यायाधिश सुशिला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सो कदमप्रति असहमति जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । सत्तारूढ घटक दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा आफुसँग समन्वय नगरेकोप्रति निधिले आपत्ति जनाउँदै राजीनामा दिएका हुन् ।

आइजिपी प्रकरण आफ्नो सम्बन्धित मन्त्रालयसँग जोडिएको र त्यसमा आफ्नो पार्टीले समेत आफुलाई जानकारी नदिएको उनको गुनासो रहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका २५९ सांसदको हस्ताक्षरसहित दर्ता भएको महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि ९ अभियोग लगाइएको छ ।
प्रधान न्यायाधिश सुशिला कार्की विरुद्ध आईतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै असन्तुष्टि जनाउँदै निधिले राजिनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *