२० जना हजुरबा- हजुरआमा र बा-आमा संयुक्त रुपमा प्रमुख अतिथि

नौलो ढंगबाट, सबैलाई अचम्मित पार्दै  अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मन्च अमेरिकाको संयुक्त आयोजनामा मे २०, २०१७ शनिवारका दिन एक साथ विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ । कुनै ठुलो पद वा नाम नहेरी अमेरिकामा पहिलो पटक २० जना बुढाबुढी हजुरबा-हजुरआमा तथा बा-आमालाई संयुक्त रुपमा ससम्मान प्रमुख अतिथिको आशन ग्रहण गराएर मात्र अध्यक्ष रामप्रसाद खनालले कार्यक्रममा आफ्नो अध्यक्षता ग्रहण गर्नुभयो ।

नाच, गान, कविता, गीत, हास्यब्यँग, खेलकुद सबै खुराक र बनभोजको खुराक समेत मिस्रित उक्त कार्यक्रमलालाई “बुद्ध जयन्ती, सिद्धिचरण जयन्ती, नेपाली नयाँ बर्षका उपलक्ष्यमा आयोजित ग्रीष्मकालीन बिशेष साँस्कृतिक तथा साहित्यिक कार्यक्रम” नाम दिइएको थियो । अत्यन्त मनमोहक मौसमका बीच मनासस भर्जिनियाको स्प्ल्यास डाउन वाटर पार्कमा आयोजित सो कार्यक्रमले त्यहाँ उपस्थित सबैलाई फरक आनन्दको अनुभुती गराउन सफल भएको थियो । कोही भलिबल खेल्दै थिए त कोही फुटबल, कोही टेनिस त कोही दौडमा मस्त थिए । नेपालीहरु मात्र हैन त्यहाको रौनक देख्दा अमेरिकनहरु पनि  खुसी देखिन्थे ।

करिब बिहान ११ बजे रोल्पाली मगर अर्थात अनेसास डिसीका महासचि भूप नारायण घर्तिमगरले नेपाली नयाँ बर्ष, बुद्ध जयन्ती र सिद्धिचरण जयन्तिका बारेमा जानकारी प्रस्तुत गरेर शुभारम्भ गर्नुभएको कार्यक्रम बेलुकी ६ बजे सम्म चलेको थियो । बिच बिच मा बुढाबुढी हजुरबा हजुरआमा, बा आमा देखी तरुनी तन्नेरी सम्म जुरुक्क उठेर  नाच्दा कार्यक्रम झनै रोमान्चित भएको थियो ।

सबैले मिलेर बनाएका खानाका परिकार संगसगै छिन छिनमा गीत, कविता, हास्यब्यँग, नाचको बहार चलिरहेको थियो । बेलुकी पख काम हुनेहरु खाँदै, रमाइलोको आनन्दको मज्जा लिंदै “जान त मन थिएन के गर्नु हजुर अब काममा जानुछ” भन्दै बिदा माग्दै थिए त, कोही “हेर्नुस त काम बाट भर्खर निस्केर सिधै यता आएको” भन्दै थिए । अमेरिकाको ब्यस्तता र कामको चापमा पनि कार्यक्रम निरन्तर चलिरह्यो ।

दुर्गा रिजाल जस्ता अमेरिकामा रहेका प्रसिद्ध छन्द कवीको छन्द कविता तथा नीरा शर्मा, प्रेम सँग्रौला, कृष्ण अधिकारी र वहाँहरु जस्ता दर्जनौ  कविताका हस्तीहरुका कविता सो कार्यक्रममा गुन्जिए । अरूण रूपाखेती, भूप नारायण घर्तिमगर, चेतन सिटौला, सकुन्तला अधिकारी, सुमिना चापागाई, सिश्री ओझा, अनमोल सिटौला, निलकण्ठ सुबेदी, गोमा न्यौपाने, ईन्द्र श्रेष्ठ, पुष्कर पन्त, बृहस्पति लम्साल, कृष्ण मुरारी पुडासैनी, सुजना ढकाल, मन थापा, बिमला निरौला, रोमा भण्डारी, आयुसा ढकाल, नीता श्रेष्ठ, दीपा अधिकारी, हरिप्रसाद प्रसाई, सुस्मा खनाल, बिना घर्तिमगर, बिबेचना निरौला, सुगन्ध श्रेष्ठ, रामशरण हुमागाई, आनन्दु लामा, दिलीप नेपाल, मनिषा प्रसाई, कृतार्थ पुडासैनी, प्रणव नेपाल, रामप्रसाद खनाल लगायत कयौँका गीत, कविता, नाच, हास्यब्यँग सहितका बिबिध प्रस्तुतिको बहारले कार्यक्रम सुन्दर र रोमान्चित भएको थियो ।

गिनिज बुकमा नाम लेखाइ सकेका मार्शल आर्ट कराते तर्फका नेपालका राष्ट्रिय प्रतिभा उज्ज्वल ठकुरी जो अमेरिकामा पनि नयाँ किर्तिमान कायम गर्दैहुनुहुन्छ, पावर लिफ्टिङमा अमेरिका टप अर्का नेपाली प्रतिभा रुप कार्की जो अब संसार जित्ने तयारी गर्दै हुनुहुन्छ र रेडियो तथा कलाकर्मी सरोज केसीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको तर्फबाट संयुक्त रुपमा अध्यक्ष रामप्रसाद खनाल र अन्तर्राष्ट्रिय कलाकार मँचकी केन्द्रिय सदस्य, नायिका अनुपमा प्रसाइले सम्मान गर्नुभयो ।

१० बर्षको उमेरमै मार्शल आर्टमा अमेरिकामा गोल्ड मेडल प्राप्त गर्ने प्रनब नेपाल र अर्का कृतार्थ पुडासैनी लाई पनि कार्यक्रममा उनिहरुको प्रस्तुति सहित सम्मान गरियो । कार्यक्रममा अनमोल सिटौलाको नयाँ अङग्रेजी कविता कृति “द इन्लाईटमेन्ट” को लोकार्पण पनि गरिएको थियो । कार्यक्रम मा अमेरिका नेपाल सोसाइटीका उपाध्यक्ष प्रभा देउजा, महासचिब प्रेम पौडेलले पनि बोल्नुभएको थियो । अन्त्यमा कार्यक्रममा भाग लिने सबैलाई प्रमाणपत्र बितरण गर्दै कार्यक्रम समापन गरिएको थियो ।  कार्यक्रमका केही तस्वीरहरु:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *