प्रवासमा बसेर लेखिएका साहित्यले नेपाल र प्रवासको दुरी घटाएको छः साहित्यकार गीता रेग्मी।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 
गीता रेग्मी नेपाली साहित्यमा एक परिचित नाम हो। “नियात्रा समाज नेपाल” को कोषाध्यक्ष तथा “विपि विचार राष्ट्रिय समाजको” केन्द्रिय कोषाध्यक्ष समेत रहेकी साहित्यकार रेग्मीको ४ वटा कृति प्रकाशित भईसकेका छन भने अर्को कृति प्रकाशनको क्रममा रहेको छ।गीता रेग्मी हाल अष्ट्रेलियाको भ्रमणमा रहेकीछिन । सिड्नी बसाईँको क्रममा उनिसँग मेरो भेट हुने अवसर जुर्यो सो भेटमा असनेपालन्युको सानो कुराकानीमा उनले अष्ट्रेलिया सोँचे भन्दा पनि सुन्दर देश रहेको बताईन। यो सुन्दर देशमा धेरै अवशर,यी अवशरहरुको बिचमा थूप्रै व्यस्त मान्छे,यी व्यस्त मानिसहरुमा राम्रो अनुशासन उनले थपिन। विश्वका १० भन्दा बढि देश भ्रमण गरिसकेकी साहित्यकार रेग्मीलाई अष्ट्रेलियाको यो बसाईं सुखद लागेको बताईंन। कुराकानीकै क्रममा उनले जोडिन सायद यहाँ रहिरहंदा केहि सृजना कोर्नेछु।साहित्यकारहरुको आँखाले सँधै विकास भएको हेर्न चाँहदो रहेछ । यस्तै रेग्मीले थपिन यहाँ गर्ने मेहनत हाम्रै देशमा गर्न सके यहाँको जस्तै विकास हाम्रो देशमा पनि हुन्छ। प्रवासको यो व्यस्त समयमा नेपाली भाषा र साहित्यलाई माया गर्ने थूप्रै नेपाली साहित्यकारहरु भेट्दा अशाध्धै खुशि लागेको रेग्मिले बताईंन। प्रवासमा बसेर लेखिएका साहित्यले नेपाल र प्रवासको दुरी घटाएको छ उनले थपिन। प्रवासमा बसेर लेखिएका साहित्यलाई सबैले प्रोत्साहन गरे नेपाली भाषा र साहित्य बाँच्ने बताईंन।

गीता रेग्मीका प्रकाशित कृतिहरु यस प्रकार छन :
परिचय कथा संग्रह २०६५
पुस्तान्त्रण कथा संग्रह २०६६
ज्वतिका युगिन स्वरहरु संयुक्त कविता संग्रह २०६७
पश्चिमाहरुको देशमा नियात्रा संग्रह २०६९
पथ्थरै पथ्थर नियात्रा संग्रह प्रकाशनको क्रममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *