अतिथि देवो भव: अभियानको अष्ट्रेलिया कोअर्डिनेटरमा श्रृजना बस्नेत

अन्तराष्ट्रिय मञ्चमा नेपाल चिनाउने उद्देश्य सहित सुरु भएको अतिथि देवो भव: अभियानको अष्ट्रेलिया कोअर्डिनेटरको जिम्मेवारि एनएसडब्लु क्विनवेन क्षेत्रमा बसोवास गर्दै अाएकी श्रृजना बस्नेत पाण्डेले पाएकी छिन्।

लामो समयदेखि नेपाली समाज क्यानवेरा र क्विनवेनका नेपालिहरुबिच परिचित पाण्डेलाई नेपाल सरकार पर्यटन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्ड र एनअारएनए अष्ट्रेलियाले संयुक्त रुपमा यो भुमिका प्रदान गरेको हो। अष्ट्रेलियामा बसोवास गरिरहेका झण्डै एक लाख नेपालीहरु सबैको प्रतिनिधित्व गर्दै अाफुलाई यस भुमिका दिइएकोमा अाफुलाई निकै खुसि लागेको छ – पाण्डे भन्छिन्। उनी भन्छिन् – अाफुले मन वचन र कर्मले नेपाल चिनउने यो अभियानमा जिम्मेवार भएर लागिपर्ने छु। अाफुलाई यस जिम्मेवारिका लागि विश्वास गरिदिनुभएकोमा नेपाल सरकार अन्तरगतको पर्यटन बोर्ड र एनअारएनए अष्ट्रेलिया प्रति कृतज्ञ छु ।

जिम्मेवारि पाउनु अघि पनि नेपाली पर्यटन प्रवर्धनसँगै नेपाल चिनाउने अभियानमा सक्रिय पाण्डे नेपाली समाज अष्ट्रेलियामा परिचित नाम हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *