सम्वन्धविच्छेद समान्य बन्दै

असनेपाल न्युज – सेलिब्रेटिहरूको सम्बन्ध जोड्ने र तोड्ने क्रम समान्य बन्दै गइरहेको बेलामा फेरी एउटा घटना थपीएको छ । भारतीय गायक हिमेश रेशमियाको २३ वर्ष पुरानो दाम्पत्य सम्वन्ध पनि यसै क्रमको हिस्सा बनेको छ । मुम्बईको बान्द्रा फेमिली कोर्टबाट औपचारिक रुपमा सम्वन्धविच्छेद गरेसँगै हिमेश र उनकी पत्नी कोमलको २३ वर्ष पुरानो दाम्पत्य सम्वन्धको अन्त्य भएको हो ।

सन् १९९४ मा बिबाहको वन्धनमा बाँधिएका उनीहरुले गत वर्षको डिसेम्बरमा सम्वन्धविच्छेदका लागि निवेदन दिएका थिए । यो जोडी लामो समयदेखि अलग-अलग बस्दै आएको थियो । दुवैको एक छोरा स्वयं छन् । डिभोर्सपछि उनीहरु दुवै स्वयमंका संरक्षक भएका छन् ।  सम्वन्धविच्छेदपछि पनि  कोमल एउटै बिल्डिङमा बसिरहेकी छिन् जहाँ हिमेश बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *