दंबग ३ प्रभु देवाको हातमा

बलीउडका सुपरस्टार सलमान खान अभिनीत ‘ट्युबलाइट’ रिलिजको दिन कुरेर बसीरहेको बेला ‘टाइगर जिन्दा’ है को पनि सुटिङ सिद्दिएको स्रोतले जनाएको छ । खानको दुई फिल्म ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा है’ को सुटिङ सकिएको छ ।  खानले यस अघि नै ट्युबलाइट र ‘टाइगर जिन्दा है’ फिल्मको सुटिङ नसकी अरु फिल्ममा काम नगर्ने बताएका थिए ।

त्यसैले उनले अरबाज खान द्वारा  निर्देशन गर्ने भनिएको फिल्म ‘दंबग ३’ को पनि सुटिङ गरेका थिएनन् । तर खानले फुर्सद पाएसंगै यस फिल्म सम्बन्धी नयाँ खबर बाहिर आएको छ । अरबाज खानले निर्देशन गर्ने भनिएको यस फिल्मलाई अब वान्टेड फिल्म निर्देशन गरेका प्रभु देवाले निर्देशन गर्ने भएका छन् । वान्टेड को सिक्वल बनाउने मुडमा रहेका प्रभुले सलमान खानसँग दंबग ३ को लागि निर्देशन गर्न तयार भएको मिडिया रिपोर्टमा उल्लेख छ । निर्देशन नगरे पनि अरबाज यस फिल्मको निर्माताको हैसियतमा रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *