इन्जिन प्वाल परेको जहाज सिड्नीमा

सिड्नी -अस्ट्रेलियाको सिड्नी विमानस्थलमा केहि घण्टा अघि इन्जिनमा प्वाल परेको जहाज अवतरण भएको छ । चाइना इस्ट्रन एयरलाइनसको फ्लाइट एमयु ७३६ सिड्नी विमानस्थलबाट उडेको करीब एक घण्टामा नै इन्जिनमा समस्या देखिएपछि पुन सिड्नी विमानस्थलमै फर्केको थियो । त्यस जहाजमा सवार यात्रुहरूले बताएअनुशार जहाज उडेको केहिबेर पछि नै जहाज भित्र ठुलो आवाजसहिल केहि जलेको  गन्ध आएको थियो । तत्पश्चात जहाजका क्रीउ मेम्बर बाहिर आएर सिट वेल्ट लगाइ सबैलाइ चिन्ता नलिन आग्रह गरेका थिए । चिन्ता नलिन भनिए पनि आफुहरू एकदम डराएको कुरा एक यात्रुले व्यक्त गरे । जहाज बिना कुनै क्षति सकुशल पुन अवतरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *