अब अस्ट्रेलियाका बिद्यार्थीहरुले १० बर्ष सम्म अविभावक राख्न पाउने

सिड्नी, आफ्नो परिवार नातागोता छोडेर धेरै देशका बिद्यार्थीहरु अस्ट्रेलिया आएर पढ्न बाध्य थिए । तर अब अविभावकलाई लामो समयसम्म अस्ट्रेलियामा ल्याउन चाहने बिद्यार्थीहरुलाई भने ठूलो अवसर मिल्ने भएको छ । अस्ट्रेलियाको संघीय बजेट भाषणमा घोषणा गरिए अनुसार अस्ट्रेलियाको नागरिकता पाइसकेकाहरुले वा पिआर भिसा पाएका व्यक्तिहरुले तथा न्युजिल्याण्डका नागरिकले आफ्ना देशमा रहेका बाबुआमालाई स्पोन्सर गर्न सक्नेछन् ।
विशेष गरी उनीहरुका बाबुआमा तथा अविभावकहरुलाई लक्षित गरी बढीमा १० बर्ष सम्मको अस्थाई भिसा दिइने घोषणा बजेटमा गरिएको छ । यो भिसा दिइने योजना आउदो नोभेम्बर महिनाबाट लागु गरिने अस्टेलियन सरकारको योजना रहेको छ ।
अस्ट्रेलियाको नागरिकता भएका, पिआर भएका वा योग्यता पुगेका न्युजिल्याण्डका नागरिकले मात्र आफ्ना बुबाआमालाई स्पोन्सर गर्न सक्नेछन् ।स्पोन्सर गर्ने व्यक्ति र बाबुआमाको चरित्र सही ठहरिएमा मात्र उनीहरुले भिसा पाउने छन् । बाबुआमालाई स्पोन्सर गर्न चाहने व्यक्तिले सबै भन्दा पहिले स्पोन्सरसिपको लागि आवेदन दिनुपर्छ र आवेदन स्विकृत भएपछि मात्र बाबुआमाले भिसाको लागि आवेदन दिन मिल्छ ।
श्रीमान र श्रीमती दुवैले एकै पटक आफ्ना बाबुआमालाई स्पोन्सर गर्न पाउनेछन् । यो भिसा नविकरण गर्न मिल्छ तर पटक पटक गरेर बढीमा १० बर्ष सम्म मात्र थप्न मिल्छ । बाबुआमाले अस्ट्रेलियामा बसुन्जेल श्वास्थ्य विमा गरेको हुनुपर्नेछ ।
तीन बर्षको लागि भिसा एप्लाई गर्ने हो भने ५ हजार डलर र ५ बर्षको लागि गर्ने हो भने १० हजार डलर लाग्ने उल्लेख गरिएको छ । बाबुआमाले स्वदेशमै फर्किएर भिसा नविकरण गर्नु पर्नेछ ।सबै अवधि जोडेर अविभावकहरु यो भिसामा १० बर्ष सम्म बस्न सक्नेछन । भिसाको लागि शुल्क बाहेक धरैटी रकमको आवश्वक पर्नेछैन भने यस्तो भिसामा बाबुआमाले अस्ट्रेलियामा कुनै पनि काम गर्न भने पाउनेछैनन ।
बर्षमा १५ हजार जनाले मात्र यो भिसा पाउनेछन् भने छोटो समय बस्न चाहनेले थोरै रकम तिरेर अस्थाइ भिसा पनि पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *