उवर ट्याक्सी ड्राइभर द्वारा यात्रु बलात्कृत

असनेपाल न्युज,सिड्नी । सिड्नीमा उबर  ट्याक्सी चलाउने मोहम्मद नाभिध भनिने एक  चालक छ  वर्षका लागी जेल चलान भएका छन् । अाफ्नै ट्याक्सीमा यात्रा गरीरहेकी एक महिलालाइ बलात्कार गरेको अभोयोगमा अदालतले गरेको फैसला अनुसार उनले यो सजांय भोग्नु परेको हो ।  सन् २०१५ मा उक्त  घटना घटेको थियो । सो  घटनालाई लिएर अदालतमा परेको उजुरीबारेको फैसला   हालै “डोइङ् डिस्ट्रीक कोर्ट”ले गरेको हो ।

पिडीत महिलाले अदालतलाइ बताए अनुसार  ‘र्यान्डविक र्रेसकोर्स’मा दिन बिताएकी उनी किङ्स क्रसमा अाफ्नो साथीहरू भेट्न गएकी  थिइन् ।  नाभिधले ट्याक्सीमा चढाउँदा अाफु नसामा भएको,अाफुले ट्याक्सी नरोकेको र ट्याक्सीमा चढेको पनि थाहा नभएको उनले बताइन् । पछि अाफु ट्याक्सीमा रहेको थाहा पाएपछी उनले घरको ठेगाना दिएर त्यहाँ पुर्याउन अाग्रह गरेपनि नाभिधले घरको सट्टा  ‘न्यु साउथ वेल्स ‘ राज मार्ग  छेउ लगेर बलात्कार गरेको उनको अारोप थियो । यता नाभिधले भने सहमतीमै उक्त घटना भएकाले अाफु निर्दोष  रहेको दावि गरेका  छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *