अस्ट्रेलियाले पायो नयाँ राजदूत

अस्ट्रेलिया। राजदूतमा नियुक्त भए पछि लक्की शेर्पा अष्ट्रेलिया आइपुगेकी छन् ।

बिगत एक वर्ष देखी कार्यवाहकको जिम्मा रहेको अष्ट्रेलियाको दूतावासले शेर्पालाई राजदूतको रुपमा पाएको हो । गत वर्ष एप्रिल महिनामा पूर्व राजदूत रूद्रकुमार नेपाल कार्यकाल पूरा गरी स्वदेश गएपछि राजेन्द्र पाण्डेलाई कार्यवाहक राजदूत बनाइएको थियो ।

राजदूत लक्की सेर्पा यसअघि नै राजदूत सिफारिस भए पनि विविध कारणले रोकिएको थियो । पछि प्रचण्ड नेतृत्वको सरकारले उनैलाई सिफारिस गरेपछि लक्की राजदूत बनेकी हुन् ।

गत शुक्रवार बिहान सिंगापुर एयर लाईन्सको विमानबाट परिवारसहित राजधानी आईपुगेकी राजदूत शेर्पाले मंगलबारबाटै कार्यभार सम्हालेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *