नयाँ कार्यसमिति चुन्दै एनआरएन अष्ट्रेलिया

प्रत्येक दुई वर्षमा मतदानको प्रक्रियाबाट नयाँ कार्यसमिति चयन गर्दै आएको एनआरएन अष्ट्रेलियाले आगामी जुलाई ८ तारिखका दिन नयाँ कार्यसमितिका लागि निर्वाचन गर्ने भएको छ । निर्वाचनलाई व्यवस्थित र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि डा. कृष्ण हमाल राष्ट्रिय निर्वाचन आयुक्त र सदस्यहरुमा न्यूसाउथवेल्सबाट सुजित सिग्देल, भिक्टोरियाबाट सुनिल भण्डारी, क्यानबेराबाट विक्रम सुवेदी, साउथ अष्ट्रेलियाबाट सुरेन्द्र रेग्मी, क्वीन्सल्याण्डबाट गोविन्द बराल, वेष्टर्नअष्ट्रेलियाबाट यादव शर्मा र नर्दन टेरोटरी डार्विनबाट नवीन वाग्ले चुनिनु भएको छ ।

उम्मेद्वारी दर्ताको लागि जुन १७ देखि १९ जुन मध्यरात १२ बजेसम्मको समय तोकिएको एनआरएन अष्ट्रेलियाको निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख गरीएको छ । सो अवधीमा सूचिकृत उम्मेद्वारहरुको नाम २० जुनमा प्रकाशित गरीने र कुनै दावी वा विरोध भए त्यसका लागि २२ जुन सम्मको समय प्रदान गरीएको छ । दावी विरोधको समाधानपछि २४ जुनमा उम्मेद्वारको नामावली प्रकाशित गरीनेछ भने उम्मेद्वारी फिर्ता लिने समय २९ जुनसम्म रहनेछ । जुन ३० तारिखसम्ममा अन्तिम नामावली प्रकाशित गरीनेछ र यसपछि बाँकी रहेका उम्मेद्वारकोबिचमा जुन ८ तारिखका दिन निर्वाचन हुनेछ ।

निर्वाचन आयोगका राष्ट्रिय कमिश्नर कृष्ण हमालका अनुशार यस पटकको निर्वाचनमा ८ हजार २ सय ४० मतदाताले भाग लिने छन् साथै आफुहरुलाई आएको मतदाताको सूचिमा रहेका व्यक्तिहरुलको निर्भयतापूर्वक चुनावमा मतदान गर्ने वातावरण निर्माण गर्न आफुहरु लागिरहेको उहाँले बताउनुभयो । ८ जुलाईका दिन हुने निर्वाचनको प्राविधिक विषयमा जुलाई १ तारिखका दिन अष्ट्रेलियाका विभिन्न राज्यहरुमा स्थानीय नेता, मतदाता र उम्मेद्वारहरूका बीचमा अन्तरक्रिया गरिने पनि  उहाँले बताउनुभयो । यस पटक सबभन्दा बढी मतदाता न्यूसाउथवेल्स र क्वीन्सल्याण्ड रहेका छन् भने तास्मानियामा तुलनात्मक हिसाबले कम मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *