‘गर्मी से बेहाल चलो नेपाल’ अभियान प्रभावहीन

असार १ ।  काठमाडौं, गर्मी माैसममा भारतीय पर्यटकलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको ‘गर्मी से बेहाल चलो नेपाल’ अभियान यस वर्ष भने त्यति प्रभावकारी बन्न सकेको छैन ।

आफ्नो देशको अत्याधिक गर्मी छल्न भारतीय पर्यटकहरु यतिबेला बढी संख्यामा नेपाल आउने गरेका थिए ।

उनीहरूलाइ थप प्रोत्साहित गर्न पर्यटन बोर्डले ‘चलो नेपाल’ अभियान सञ्चालन गरेको थियो ।

यो अभियान त्यति प्रभावकारी बन्न नसक्दा भारतीय पर्यटकहरुलाइ लक्षित गरी खोलिएको होटलहरूको अकुपेन्सी मात्रा न्युन रहेको छ ।

भूकम्पअघिको वर्ष २०१४ मा अकुपेन्सी ६० प्रतिशत रहेको तर अहिले भने देशका ठूला होटलको अकुपेन्सी ४० देखि ४५ प्रतिशत मात्रै रहेको होटल व्यवसायी महासंघका महासचिव बिनायक शाहले बताउनुभयो । भारतीय पर्यटकहरुमा दुई वर्षअघिको नाकाबन्दीको असर अझै बाँकी रहेको हुनसक्ने उहाँ बताउनुहुन्छ ।

नाकाबन्दीका कारण आफूहरुप्रति नेपालीहरुको अझै नकारात्मक दृष्टिकोण रहेको उनीहरुले ठानिरहेका छन्, हाम्रो सरकारले पनि यो भ्रम हटाउन कुनै पहल गरेन,’ उहाँले भन्नुभयो ।

बहुसङ्ख्यक भारतीयहरू हिन्दु धर्मप्रति अास्थ राख्ने भएकाले उनीहरू विशेषगरी नेपालमा रहेका विभिन्न मठमन्दिर भ्रमण तथा प्राकृतिक दृष्यावली अवलोकनको गर्न आउने गरेका छन् । दूरीका हिसाबले पनि नेपाल भारतीय पर्यटकको प्राथमिकतामा पर्दछ ।

त्यसैले धार्मिक आस्थाका आधारमा पनि नेपाल उनीहरुका लागि उचित गन्तब्यको रुपमा मानिन्छ ।

भूकम्प अघिका वर्षहरुमा नेपालमा आउने कुल पर्यटकमध्ये ३० प्रतिशत भारतीय पर्यटक रहने गरेका थिए । तर अहिले यो लगभग २० प्रतिशतको हाराहारीमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *