‘लखपति माग्ने’कस्तो होला !

असार ६ । काठमाडौँ,चलचित्र हाँस्यव्यङमा आधारित चलचित्र ‘लखपति माग्ने’को निर्माण गरिने भएको छ ।मंगलबार आयोजित एक कार्यक्रममा नेपालकै प्रथम नायिका भूवन चन्दले ‘लखपति माग्ने’को नाम लोकार्पण गर्नु भयो ।

समारोहमा चन्दले चलचित्र ‘लखपति माग्ने’को निर्देशक सवनम मुखीयालाई शुभकामना दिँदै नाम नै युनिक भएकोले यो चलचित्र धेरै दर्शकले मन पराउने बताउनु भयो ।
हेटौडा मूभी मेकर्स टिम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले निर्माण गर्न लागेको चलचित्र ‘लखपति माग्ने’ भदौंको पहिलो सातादेखी फ्लोरमा जाने छ ।

‘लखपति माग्ने’मा अहिलेसम्म कमलमणी नेपाल एवं निरु खड्का कलाकारका रुपमा छनौट भएका छन् भने अन्यको छनौट भइरहेको छ ।
चलचित्रमा सन्तोष श्रेष्ठको संगीत एवं शान्तिप्रियको गीत रहने छ ।
सवनम मुखीयाको लेखन/निर्देशनमा ‘लखपति माग्ने’ बन्न लागेको हो ।

चलचित्र रोमान्टिक हुने लेखक निर्देशक सवनम मुखीयाले बताउनु भयो । चलचित्रका निर्माता नरेन्द्र महर्जन तथा प्रकाशचन्द्र महर्जन हुनेछन । ।कार्यक्रममा बरिष्ट निर्देशक लक्ष्मीनाथ शर्माको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *