लोकप्रिय गायक विष्णु खत्रीको ‘धौलागिरीको’ नामक एल्बम बजारमा

असार ६ । लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको पछिल्लो पञ्चेबाजामा आधारित ‘धौलागिरीको’ नामक एल्बम बजार तथा युटुबमा सार्वजनिक भएको छ । आफ्ना गीतहरुमा स्थानीयतालाई र जन्म थलोलाई प्रथमिकता दिदै त्यहाँको कला संस्कृति रहनसहनका बारेमा जानकारी दिने उदेश्यका साथ गीत संगीत प्रस्तुत गर्ने खत्रीको विषेशता बन्दै गएको छ । यसै सन्दर्भमा यो उल्बम पनि आफ्नै जन्मगाउँ मल्ममा छायाङ्कन गरी श्रोता तथा दर्शक समक्ष प्रस्तुत गरेका छन् ।
माया प्रेमलाई विषयवस्तु बनाएर प्रेमिकालाई विभिन्न उपमाद्धारा फुर्काउदै आफ्नो बनाउने प्रयासमा विष्णु छन भने आफु विष्णुले भने जति सुन्दरी नभएपनि उनको आखाँमा बस्न सफल भएकोमा गायिका जुना श्रीस दंग छिन ।

पछिल्लो समय कला क्षेत्रमा सक्रिय रहेका कुलविर थापाले यस पञ्चेबाजाले आफ्नो जन्म थलोका संस्कृतिलाई पस्तुत गर्न खत्रीले गरेको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । साथै उहाले गाउँघरका कला र संस्कृतिलाई पहिचान गराउन यस एल्बम सफल हुने बताउनु भयो ।
प्रस्तुत एल्बममा स्वर विष्णु खत्री र जुना श्रीसको रहेको छ भने लय शब्द सर्जक विष्णु खत्रीको रहेको छ ।
मल्म नौमति बाजा संरक्षण समाज गलकोट नगरपालिका ७ मा रहेका कलाकारहरुले पञ्चेबाजा प्रस्तुत गरेका छन् भने कुलविर थापा र सृजना क्षेत्रीले सशक्त अभिनय गरेर गीत संगीतलाई जिवन्त बनएका छन् । छायाङ्कनका क्रममा मल्मका स्थानीयको सक्रिय सहभागिता रहेको छ भने नवनिवर्नचित गाउँपालिका प्रमुख, वार्डअध्यक्षहरु राजनितीक दलका कार्यकर्ताहरुको पनि उल्लेख्य उपस्थिती देख्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *