आत्मघाती कार विस्फोटबाट कम्तीमा २० जनाको मृत्यु

असार ८ । अफगानिस्तानमा आत्मघाती कार विस्फोटबाट कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। अफगानिस्तानको दक्षिणी प्रान्त हेलमण्डस्थित लस्कर गाह सहरमा रहेको एक बैंकलाई लक्षित गरी सो विस्फोट गराइएको अधिकारीहरुले जनाएका छन्।

कम्तीमा ५० घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । मध्यन्ह भएको विस्फोटपछि हतियारधारी लडाकुहरु बैंकभित्र पसेर गोली चलाएको र सुरक्षा फौजसँग भीडन्त जारी रहेको बताइएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *