एनआरएन अष्ट्रेलियाको अध्यक्षको लागी बढ्यो चुनावी सरगर्मी

असार ८, अष्ट्रेलिया । एनआरएन अष्ट्रेलियाको अध्यक्षपदका लागि आगामी जुलाई ८ तारिकमा निर्वाचन हुने भएको छ । अब लगभग निर्वाचन आउन लगभग २ हप्ता मात्रै बाँकी हुँदा अध्यक्षका प्रत्यासीहरु मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरी रहेका छन् । मतदाताहरुलाई आफ्नो कार्य योजना र कार्यशैलीको जानकारी दिने क्रम जारी छ । उम्मेदवारी फिर्ता लिने समय लामो भएका कारण धेरै खाले समिकरणको  बारेमा  चर्चा चलिरहेको छ । आगामी जुन २९ तारिकसम्म उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था निर्वाचन आयोगले जानकारी दिएको छ ।

एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदका लागि वर्तमान महासचिव टोनु घोताने, पूर्वउपाध्यक्ष स्वतन्त्रप्रताप शाह,वर्तमान उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक अभिमानसिंह बस्नेत र डा. महेश भण्डारी चुनावी मैदानमा उत्रेका छन् । असनेपाललाई दिएको जानकारी अनुसार अध्यक्ष पदका प्रत्यासीहरुले विभिन्न राज्यमा नेपाली समुदायसम्म भएको ठाउँमा पुगी चुनावी दौडाहा चलाइरहेका र आफ्नो भावी एजेण्डाहरु  राखेको बताए । निर्वाचन आयोगले सबै उम्मेदवारको नामावली सार्वजनिक गरेपछी अब कस्तो खालको गठबन्धन निर्माण हुन्छ र चुनावमा सहभागिता बढाउने विषयमा पनि छलफल जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *