निर्वाचनपछि प्रतिपक्ष दलसँग छलफलको पक्रिया अघि बढाइने

असार १०, भीमदत्तनगर । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि मात्र संविधान पूर्ण रूपमा कार्यान्वयन हुने उहाँले बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनपछि प्रमुख प्रतिपक्ष दल एमाले सहितसँग छलफलको पक्रिया अघि बढाइ संविधान संशोधन गरिने उहाँले जानकारी दिनुभयो । दुई तिहाइ नपुगी संविधान संशोधन नहुने भएतापनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उहाँले उल्लेख गर्नुभयो । अपर कर्णाली र पश्चिमसेती बन्ने भइसकेको, पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाइने, महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने बताउँदै जसरी भएपनि पञ्चेश्वर परियोजना बनाएर छाड्ने उहाँले बताउनुभयो । नेपाली काँग्रेसले आयोजना गरिरहेका चुनावी सभालाई सम्बोधन गर्दै रहनुभएका काँग्रेस सभापति देउवाको आज कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने र आज नै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *