मधेशमा कोही माग्दै कोही बिगार्दै मधेशीवादी दल

असार १०, काठमाण्डैं । यतिवेला तिन प्रमुख मधेशवादी दलजनताका घरदैलोमा व्यस्त छन् । राजपा नेपालका नेताहरु निर्वाचन बहिस्कारको एजेण्डा लिएर जनताबिच पुगेको छ भने अर्का २ संघिय समाजबादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम जनताको घर दैलोमा पुगेर मत माग्न व्यस्त छन् ।

फोरम नेपाल र लोकतान्त्रिक फोरमका नेता संविधान संशोधन र आर्थिक सम्बृद्धीका लागी विकासका मुद्दा लिएर घरघरमा पुगिरहेका छन् । निर्वाचनमा सहभागी यी दुई फोरमले स्थानीय निर्वाचनलाई संघर्षकै अर्को चरणका रुपमा लिएका छन् ।

फोरम नेपालका महासचिव रामसहाय यादवले आफुहरुको चुनावी नारा नै संविधान संशोधन,आर्थिक सम्बृद्धीका लागी विकासका मुद्दा रहेको रहेको बताए । फोरम नेपालका उम्मेदवारहरु घरदैलो,प्रचारप्रसार,आमसभा लगायतका काममा व्यस्त रहेको उनले बताए । राजपा नेपालका महासचिव मनिष सुमनले निर्वाचन बहिस्कार गर्न जनताकै बिचमा आमसभा,घरदैलो लगायतका कार्यक्रम गरिरहेको बताए ।

यो खवर आजको राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *