भारतमा ‘ट्रम्प गाँउ’

असार ११,नयाँदिल्ली ।  भारतको राजधानी नयाँदिल्लीबाट करिब ८० किलोमिटर टाढा पर्ने एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामाकरण गरिएको छ ।
उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने सो गाँउमा अधिकांश मुस्लिम समुदायको बस्ती रहेको छ । भारतमा शौचालयको प्रयोगका बारेमा चेतना जगाउने तथा निःशुल्क रुपमा सौचालय निर्माण गरिदिने काम गर्दै आइरहेको संस्था सुलभ इन्टरनेशनलले त्यस गाँउलाई खुल्ला दिशामुक्त गाँउ बनाउनका लागि सवैको ध्यानाकर्षण गराउन यस्तो नाम दिएको बताइएको छ ।

भारतमा यसरी अमेरिकी राष्ट्रपतिको नाममा गाँउको नाम राखेको यो पहिलो पटक भने होईन । राजधानीसँग सिमाना जोडिएको दौलतपुर नासिराबाद भन्ने अर्को गाँउलाई पनि यसअघि कार्टरपुरी नाम दिइएको थियो । जहाँ अमेरिकी पुर्व राष्ट्रपति जिम्मी कार्टरले सन् १९७८ मा भ्रमण गर्नुभएको थियो ।

सुलभको आगामी सन् २०१९ अक्टोबर २ सम्ममा सवै घरमा कम्तीमा एउटा शौचालय निःशुल्क रुपमा बनाइदिएर खुल्ला दिशामुक्त क्षेत्र बनाउने उद्धेश्य रहेको छ । कुल १६५ घरधुरी रहेको उक्त गाँउमा अहिले सम्म जम्मा २० ओटा मात्र शौचालय रहेको उक्त संस्थाले हालै एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । हालै मात्रै वासिङटन डिसीमा भएको एक कार्यक्रममा मारोरा गाँउलाई ट्रम्प गाँउ नामाकरण गरिएको घोषणा गरीएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *