राष्ट्रपति द्वारा सेना परिचालन गर्न स्वीकृति

असार ११, काठमाडौं । मन्त्रीपरिषदको असार ८ गतेको निर्णय तथा राष्ट्रिय सुरक्षा समितिको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले बुधबार हुने दोस्रो चरणको निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रपति भण्डारीले आइतबार सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो । राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ -२) अनुसार सेना परिचालनको स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षा योजना अन्तर्गत अन्य सुरक्षा निकायहरुसँगको समन्वयात्मक भूमिकामा नेपाली सेनाको परिचालन हुने जानकारी प्राप्त भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *