सुकुम्बासी शब्द नै हटाउने बचन दिए उम्मेदवारले

असार ११,बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा नयाँ शक्ति पार्टीको तर्फबाट उम्मेदवार बनेका विपिन पौडेलले आगामी पाँच वर्ष भित्र सुकुम्बासी शब्द नै हटाउने बचन दिएका छन् । आफूले उम्मेदवारी दिनुको उदेश्य नै नगरका मुख्य समस्याको रुपमा रहेको सुकुम्बासी तथा भूमिबिहिनहरुको समस्या समाधान गर्नु रहेको उनले बताएका छन् ।

पुराना पार्टीहरुले सुकुम्बासीलाई जहिल्यै भोट बैंकको रुपमा मात्रै व्यवहार गर्ने भन्दै पौडेलले आफू नगर प्रमुखमा विजयी भए ५ वर्षको कार्यकालमा सुकुम्बासी तथा भूमिबिहीनहरुको सबै समस्या समाधान गरी सुकुम्बासी शब्द नै हटाउने घोषणा गरे । भ्रष्टाचाररहित समाजको निर्माण नै अबको राजनीतिक गन्तब्य हुनुपर्ने बताउँदै देशको आर्थिक अवस्था बदल्नका लागि युवाहरु राजनीतिमा लाग्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *