श्रीमतीलाई घर भित्र्याउन नमान्दा ५ लाख जरिवाना

असार १२,काठमाडौं । बिहेको सात वर्षपछि दुलहाले दुलही ल्याउन आनाकानी गरेपछि गाउँलेले जरिवाना गरेका छन् । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार निवासी रामजपु महतो नुनियाका २२ वर्षीय छोरा शत्रुधन महतोलाई गाउँलेले ५ लाख जरिवाना गरेका हुन् ।

०६७ सालमा भारत आदापुर नकरदेई कटगेनवामा बिहे सम्पन्न गरी सात वर्षदेखि मलेसिया बस्दै आएका उनले दुलही ल्याउन आनाकानी गरेकाले स्थानीय तथा दुलहीका आफन्तले आइतबार ५ लाख दण्ड गरेका हुन् ।

बिहे गरेर अरुको जीवन बर्बाद पारेपछि केटीको अर्कासँग बिहे गराइदिने सामूहिक निर्णयपछि खर्चबापत पाँच लाख केटा पक्षले केटी पक्षका अभिभावकलाई दिने सहमति भएको स्थानीय नेता मञ्जुर मियाँले बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *