पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । बगर भाइखलको आयोजनामा ४० वर्षमाथिको भेट्रान्स फुलबल प्रतियोगिता हुन लागेको हो ।

आगामी माघ २ गतेदेखि राष्ट्रिय उच्च माविको खेल मैदान टुँडिखेलमा हुने सातौं संस्करणको फुटबल प्रतियोगितामा देश–विदेशका १४ फुटबल टिम सहभागी हुने जानकारी आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, बेलायतलगायतका देशबाट समेत सहभागिता रहने प्रचारप्रसार संयोजक मानकाजी गुरुङले जानकारी दिए ।

‘छिमेकी राष्ट्र भारतको कोलकत्ताबाट दी युनाइटेड भेट्रान्सलगायत बंगलादेश, बगर भाइखलक युके, हङकङलगायतबाट पनि प्रतियोगितामा आउँदैछन्,’ प्रचारप्रसार संयोजक गुरुङले भने, ‘काठमाडौं, हेटौंडा, वीरगञ्ज, चितवन, बुटवल र पोखराका भेट्रान्स समूह पनि सहभागी हुनेछन् ।’

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *