कांग्रेस बैठक चलिरहेका बेला भारतीय राजदूत पुरी वालुवाटारमा

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला भारतीय राजदूत मञ्जिभसिंह पुरी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रवार प्रधानमन्त्री निवास वालुवाटार पुग्नु भएको छ । कांग्रेस बैठक चलिरहेकै बेला राजदूत पुरी पुगेपछि प्रधानमन्त्री देउवाले बैठक रोकेर राजदूतसँग भेटवार्ता गर्नु भएको हो ।

प्रदेशसभाका समानुपातिक सांसदहरुको नाम तय गर्न भनी बसेको कांग्रेस बैठक र राजदूत पुरीको प्रधानमन्त्रीको भेटवार्ता एकै समयका लागि तय गरिएको थियो । समानुपातिक सांसदको नाम तय गर्न बैठक बसे पनि कांग्रेस बैठकमा चुनावपछिको राजनीतिबारे छलफल गरिने वताइएको थियो ।

बैठक चलिरहेका बेला भारतीय राजदूत पुगेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले बैठक रोकेर पुरीसँग छलफल गर्नु भएको थियो । पुरीसँग आधा घन्टा राजनीतिक छलफल गरेपछि देउवा पुनः बैठकमा सहभागि हुनु भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *