एमाले–माओवादी मुख्यमन्त्री र सभामुख बाँडफाँड तयारी

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री र प्रदेश सभामुख बाँडफाँडको तयारी गरेका छन् ।

आइतबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा दुवै पार्टीबीच प्रदेशको मुख्यमन्त्री र सभामुख बाँडफाँडका विषयमा छलफल भएको थियो ।

अहिले पनि यसअघिकै जस्तो ६० र ४० को भागबण्डा कायमै रहने भएको छ । यसरी जाँदा एमालेको भागमा ४ र माओवादी केन्द्रको भागमा २ प्रदेशको नेतृत्व जान्छ ।
माओवादीले मुख्यमन्त्री नहुने प्रदेशमा आफ्नो सभामुख हुनुपर्ने दाबी गरेको छ ।

तर एमालेले यो प्रस्ताव स्वीकार गरेको छैन । एमालेले ४ मुख्यमन्त्री र ४ सभामुख आफ्नो पार्टीको हुनुपर्ने दाबी गरेको छ । प्रदेश नम्बर २ बाहेक माओवादी र एमालेको बहुमत छ ।

कार्यदलका सदस्य सुवास नेम्वाङले अहिले छलफलकै चरणमा रहेको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार बैंककबाट फर्किएपछि बुधबार फेरि कार्यदलको बैठक बस्ने जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *