बच्चामा नयाँ भाइरसः पातलो दिसा र वान्ता भए सतर्क हुनुस्

काठमाडौं । चिसो बढ्दो छ । चिसोमा धेरैलाई रुघाखोकी, ज्वरोको समस्या हुने गर्छ । मौसमी गडबडीका कारण रुघाखोकी तथा ज्वरो हुनु स्वाभाविकै हो ।

तर, रुघाखोकीबाहेक पनि अहिले बालबालिकामा नयाँ किसिमको समस्या देखिएको छ, पालतो दिसा तथा वान्ता हुने ।

 

यदि तपाईंको बच्चामा पनि पानीजस्तो पातलो दिसा आउने र वान्ता हुने गरेको छ भने बेलैमा सजग हुन जरुरी छ । किनकि, नेपालमा खासै प्रचलनमा नआएको तथा नसुनिएको यस्तो समस्या नोरोभाइरस संक्रमणको कारणले भएको हुन सक्छ ।

पछिल्ला अनुसन्धानहरुले हिउँदमा पाँच वर्षमुनिका बालबालिकामा पातलो दिसा र वान्ता हुने समस्याको मुख्य कारक नोरोभाइरस संक्रमण रहेको पत्ता लगाएका छन् ।

हुन त, नेपालमा अहिले पनि बालबालिकालाई हिउँदमा डाइरिया प्रमुख कारण रोटाभाइरस हो ।

रोटाभाइरसविरुद्धको खोपलाई नेपालको बालखोप कार्यक्रममा समावेश गर्ने निश्चित भइसकेको छ । तर, नोरोभाइरस आगामी दिनमा पहिलो समस्या बन्ने कुरामा दुई मत छैन ।

अमेरिकालगायत मुलुकमा रोटा भाइरसविरुद्धको खोप शुरु भइसकेको छ । त्यसको स्थान नोरोभाइरसले लिँदै गरेको छ ।

अहिले पनि हिउँदमा नेपालमा १० देखि १६ प्रतिशत बालबालिकामा पातलो दिसा र वान्ता हुने समस्या देखिने गरेको छ । र, त्यसको कारक नोरोभाइरस नै देखिन्छ ।

विगतमा नोरोभाइरसले बयस्कलाई मात्र झाडापखाला गराउँथ्यो । नेपालबाट बालिबालिकामा देखिएको यो नयाँ समस्या हो ।

के हो नोरोभाइरस ?

खासगरी, हिउँदमा देखिने नोरोभाइरस पेट र आन्द्रामा संक्रमण गराउने एक प्रकारको भाइरस हो । नेपालमा यो भाइरसको बारेमा खासै अनुसन्धान भएको छैन ।

तर, जति पनि अनुसन्धानहरु भएका छन्, तिनका नतिजाले १० देखि १६ प्रतिशत बालबालिकामा यसको संक्रमणमा पर्ने गरेको देखाएका छन् । यसलाई ‘विन्टर वमिटिङ बग’ पनि भन्ने गरिन्छ ।

नोरोभाइरसको लक्षण :

१० पातलो दिसा

२० वान्ता हुने

३० पेट दुख्नु

४० न्यून ज्वरो

५० जिउ दुख्नु

६० आलश्य हुनु

७० अति जलवियोजन, पिसाब कम लाग्नु, मुख र घाँटी सुक्खा हुनु, शरीर आलश्य हुनु

यी लक्षणहरु संक्रमण भएको एकदेखि दुई दिनभित्र देखिने गर्छन् । बालबालिकामा बयस्कको तुलनामा बढी वान्ता गराउँछ ।

कसरी सर्छ ?

१० संक्रमित खाना, फलफूल र पानीबाट ।

२० संक्रमित कुनै सामान वा बस्तुको सतहमा छोएर हात नाक, मुख र आँखामा छोइएमा ।

३० एकै खानेकुरा धेरै व्यक्तिहरुले बाडेर खाँदा ९जुठो खाएमा० ।

किन्डरगार्डेनजस्तो ठाउँमा कुनै बच्चा संक्रमित भएमा उसले अरु बालबालिकालाई पनि सहजै सार्न सक्छ । संक्रमित बच्चाले शौचालय गएपछि राम्रोसँग हात नधोई खेलौनालगायत चिज छोएमा उक्त भाइरस सर्ने जोखिम हुन्छ ।

उपचार विधि रु

यो भाइरसविरुद्ध विशेष औषधि हुँदैन र एन्टिबायोटिकको पनि कुनै भूमिका रहँदैन । विश्वमा नोरोभाइरससम्बन्धि खोपको पनि विकास भएको छैन । त्यसैले, लक्षणहरुकै आधारमा उपचार गर्नुपर्ने देखिन्छ ।

डिहाइड्रेसनबाट बच्नु नै यसको मुख्य उपचार भएकाले जीवनजललगायत ओरल रिहाइड्रेसन थेरापीको प्रयोग गर्नुपर्छ । तर, बारम्बार वान्ता र पखाला नरोकिएमा अस्पताल भर्ना गरेर उपचार गर्नुपर्छ ।

बच्ने उपाय :

१० व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । संक्रमित बच्चाको हात बारम्बार साबुन पानीले कम्तिमा २० सेकेन्ड धोइदिनुपर्छ ।

२० नोरो भाइरस फैलिएको शंका लागेमा स्कुल, किन्डरगार्डेनमा भएका सरसामान, ढोकाका चुकुल आदि क्लोरिन सोलुसनले राम्ररी सफा गरेर मात्र पुनः बालबालिकालाई प्रयोग गर्न दिनुपर्छ ।

३० खासगरी सागपात र फलफूल राम्ररी धोएर मात्र खानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *