वामदेवले  देउवालाई भने ‘नकचरो’ भएपछि जे पनि भन्दा रहेछन्

काठमाडौं । सत्ता हस्तान्तरणलाई लिएर कांग्रेस र एमाले शीर्ष नेताहरु छुद्र जुहारीमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कसैको बहुमत आएको छैन, सत्ता छाड भन्न लाज लाग्दैन भनेपछि एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमले त्यही शैलीमा जवाफ दिएका छन् ।

 

उनले भनेका छन्, ‘नकचरो भएपछि जे पनि भन्दा रहेछन् ।’

राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता गौतमले कांग्रेसका लागि लोकतन्त्र षड्यन्त्र मात्र भएको बताए ।

जनादेश ‘कांग्रेस प्रतिपक्षमा बस, एमाले र माओवादी मिलेर सरकार चलाउ’ भन्ने भए पनि कांग्रेस सत्ता लम्ब्याउने र एमाले र माओवादी गठबन्धन भत्काएर आफ्नो समर्थनमा सरकार बनाउने खेलमा लागेको उनले बनाए ।

‘डुबिरहेको मानिसले बचिन्छ कि भनेर बग्दै आएको खरको त्यान्द्रो पनि समात्छ’ भने जस्तै कांग्रेस वाम गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागेको उनले बताए ।

उनले अगाडि थपे, ‘आयु पुगेको प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो (कसले ल्याएको छ बहुमत रु बहुमत लिएर आउनुस् । बहुमत त आइसक्यो दुई पार्टीको ।’

जति लम्ब्याउनुहुन्छ, उहाँको शरीरको कपडा त्यति बाहिर जाँदैछ । अन्तिममा कांग्रेसले एउटा पनि कपडा नभएको नाङ्गै बनाउनेछ, निर्वस्त्र शेरबहादुर देउवा १

कांग्रेस नेताहरुले सराप दिएको गठबन्धनलाई नै जनताले बरदान दिएर बहुमतमा आएको भन्दै एमाले कार्यबाहक अध्यक्ष गौतमले भने, ‘यो प्रधानमन्त्रीलाई थाहा छैन र १ तर, नकचरो भएपछि, लाज समाप्त भएपछि जे पनि भन्दा रहेछन् ।’

०६४ को चुनावपछि पनि कांग्रेसले चार महिनासम्म सरकार नछाडेको भन्दै उनले अब जति सत्ता लम्ब्याउँछ, त्यति नै देउवा नांगिने बताए । ‘जति लम्ब्याउनुहुन्छ, उहाँको शरीरको कपडा त्यति बाहिर जाँदैछ’ उनले भने, ‘अन्तिममा कांग्रेसले सभापति शेरबहादुर देउवालाई एउटा पनि कपडा नभएको नाङ्गै बनाउनेछ । निर्वस्त्र शेरबहादुर देउवा १ अरु केही परिणाम आउने छैन ।’

उनले वाम गठबन्धनलाई सरकार बन्न नदिए आफैं प्रतिनिधिसभा बैठक बोलाउने चेतावनी दिए । ‘सरकार बर्खास्त गर्छौ र जनताका प्रधानमन्त्रीलाई सिंहदरबारमा राख्छौं’ उनले भने, ‘तिम्रो हिम्मत छैन, तिमीले सोध्न सक्दैनौं । हामी त सबै सोच्छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *