१ लाख ६० हजार रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, म्याग्दी मातहतमा रहेको प्रहरी चौकी पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका छन् ।

 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई म्याग्दी बसपार्कमा घुस लिँदालिँदै पक्राउ गरिएको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेले बताए । उनका अनुसर थप अनुसन्धान भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *