उर्लाबारीकि अस्मिताको शितको थोपा सार्वजनिक (भिडियो सहित)

उर्लाबारी । लोकगायक रामकृष्ण परियार र माया लिम्बूको स्वरमा सजिएको लोकगीत शितको थोपाको भिडियो सार्वजनिक भएको छ । म्यूजिक नेपालको युट्युव च्यानल भिडियो सार्वजनिक गरिएको हो । उर्लाबारी निवासी गीतकार अस्मिता शर्मा शब्द रहेको भिडियोको छायाँकन इटहरीको गोकुलममा गरिएको हो ।
माया प्रेमको बिषयबस्तु समेटिएको भिडियोमा गीतकार अस्मिता र दिनेश कोईरालाको उत्कृष्ठ अभिनय देख्न सकिन्छ । सुमन तामागंले खिचेको भिडियोको निर्देशन हेमन तामागंले गरेका हुन् । भिडियो सोचे भन्दा निक्कै राम्रो बनेको निर्माता प्रेम निरौलाले बताए । भिडियोको लागि बिक्रम याम्फुले डेनको प्रयोग गर्नुभएको थियो । गीतकार अस्मिताले पहिलो पल्ट अभिनय गरेको पहिलो प्रयासबाट नै निक्कै राम्रो प्रतिक्रिया मिलेको बताउनुभयो । अस्मिताले आमागि दिनमा पनि दर्शक श्रोताबाट यस्तै माया र साथको अपेक्षा गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=MrB-R8ghVS4

Leave a Reply

Your email address will not be published. Required fields are marked *