मेचु धिमाललाई प्रतिभा पुरस्कार प्रदान गरिने

 

उर्लाबारी/धिमाल जातिय विकास केन्द्रले प्रदान गर्दै आएको धिमाल प्रतिभा पुरस्कार २०७५ यस वर्ष गायिका मेचु धिमाललाई प्रदान गर्ने भएको छ । पुरस्कार छनौट समितिको शनिवार बसेको बैठकले गायिका मेचु धिमाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कृत प्रतिभालाई सम्मान पत्र, नगद ५ हजार रुपैयाँ र आल्गी धावा (धिमाल पोशाक) ओडाएर सम्मान गरिनेछ । धिमाल समुदायका नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको पुरस्कार छनौट समितिका संयोजक रहनु भएका केन्द्रका महासचिव केदार धिमालले जानकारी दिनुभयो । धिमाल डट कमले प्रायोजन गरेको सो पुरस्कार यसअघि राष्ट्रिय टोलिका सदस्य फुटबलर रजिन धिमाल र बडिबिल्डर विकास धिमाललाई प्रदान गरिएको थियो । पुरस्कार असार २ गते जात्रि समापनको अवसरमा धिमाल परियोजना स्थलमा आयोजित कार्यक्रममा प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *