अर्जेन्टिना बराबरीमा रोकियो, मेसीले पेनाल्टी चुकाए

उर्लाबारी । जारी विश्व कप २०१८ मा उपाधीका दावेदार हेविवेट टिमहरु पोर्चुगल, स्पेन तथा अर्जेन्टिना अंक बाँड्न वाध्य भए । अर्का दावेदर मुलुक फ्रान्स भने कठिन जित निकाल्न सफल भयो भने आजको खेलमा जर्मनी र ब्राजिलको खेल हुदैछ । यी दुवै टिमको विपक्षहरु पनि सशक्त नै छन् ।
सम्भवत मेसीको यो नै अन्तिम विश्वकप खेल हुन सक्छ । अर्जेन्टिना तथा मेसीका फुटबल समर्थकहरुले निकै नै आशा गरिएको यस खेलमा कम्तिमा सामान्य जितको आशा गरेका थिए । यसी समुहमा भएको अर्को खेलमा क्रोएसियाले अफ्रिकी टिम नाइजेरियालाई पाखा लगाउदै ३ अंक जोड्न सफल भएसँगै समुह टेबलमा शिर्ष स्थानमा रहेको छ । यस समुहमा वार्सिलोनाका राकिटिक, मेड्रिका लुका मोड्रिक, युभेन्टसका मान्जुकिक जस्ता हस्तिले सुसज्जित क्रोएसिया सशक्त टिममा जित निकाल्न नसके नकआउट राउण्डमा पुग्न अर्जेन्टिनालाई कठिन बनेको छ ।
अर्जेन्टिना र आइसलैण्ड बीचमा खेल विश्लेषणः
विश्वको सर्वोत्कृष्ट खेलाडी मेसीको टिमको खेल हेर्न आतुर समर्थकको लागि यस खेलमा सुरुदेखिनै अर्जेन्टिनाले खेल पूर्ण रुपमा दबाबमा राख्न सफल भयो । खेल अवधीभर ७८% बल पोसेसन बनाउन सफल अर्जेन्टिनाले २७ वटा सट मार्दा आइलैण्डको मात्र ८ सट भएको थियो भने अर्जेन्टिनाले ६७४ सफल पासहरुको मुभमेन्टमा विपक्षीको १३२ पास भएको थियो । दुईपटक विश्व विजेता अर्जेटिनालाई पहिलो पटक डेब्यु गरेको युरोपियन टिम आईसलैण्डले बराबरीमा रोक्न सफल हुनु आफैमा सफलता हो ।
१९ औ मिनेटमा म्यान्चेस्टर सिटिका स्ट्राईकर सर्जियो कन अग्वाइरोले उत्कृष्ट गोल गरे पनि खेलमा सनसनीपूर्ण दबाबमा राखेको थियो । उक्त अध्याधिक दबाबको फाइदा उठाउदै काउन्टर आक्रमण शैली अपनाएको आईसलैण्डले १ गोलले पछाडि परेको ४ मिनेटमै खेल बराबरीमा फर्कायो । त्यस पछिको अवस्थामा आईसलैण्डले अति रक्षात्मक रणनीतिमा ११ जना खेलाडीनै रक्षा पंक्तिमा पर्खाल बनाएर राख्यो । अग्ला कद तथा बलिस्ट शरीर भएका आईसलैण्डी टिमको रक्षा पंक्तिलाइ चिरेर गोल लगाउन अर्जेन्टिनालाई असम्भव नै भयो । विश्वको उत्कृष्ट मेसीलाई भने खेल अवधि भर ३÷४ जना खेलाडीले पूर्ण निगरानीमा राखेको देखिन्थ्यो । वार्सिलोनाबाट सँगै खेल्ने जाभियर मास्केरानोको साथ पाएको खेलमा मेस्सीले खासै टिकिटाका खेल पस्कन सकेनन् । ईनेष्टा, जाभी तथा जोर्डि अल्वा जस्ता खेलाडीको केमिष्ट्रिमा खेलेका मेस्सीले केही उत्कृष्ट वीङ्ग चिप पासहरु निकालेका थिए तर अर्जेन्टाइन सहकर्मीले सदुपयोग गर्न सकेनन् । अर्जेन्टाइन कोचको निर्णयमा केही कमजोरी देखिएको छ । क्लब फुटबलमा विश्व विख्यात नाम कमाएका युभेन्टस्का स्ट्राइकर हिग्युइनलाई अन्तिम ८४ औ मिनेटमा मात्र मैदान पठाउनु तथा उत्कृष्ट फर्ममा रहेका डेबालालाई मौका नदिनु पनि कोचको कमजोरी हो । उक्त दुई खेलाडीलाई २०÷३० मिनेटको समय खेलमा पठाइएको थियो भने अवस्य पनि आईसलैण्डी खेलाडीको मेस्सी माथिको निगरानी फितलो हुदै गोलको मौकाको रचना हुन सक्ने थियो । विश्वकप २०१८को पहिलो खेलमै उत्कृष्ट खेल पस्कन सफल क्रिटियानो रोनाल्डोले स्पेन जस्ता टिम विरुद्ध ह्याट्रिक गर्न सफल भएको अवस्थामा मेस्सीले भने पेनाल्टी मिस गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *