‘कुर्दा–कुर्दै तिम्रो बाटो’ भन्दै सुमधुरु आवाजमा नेपाल आइडलकी मेनुकाको अर्को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ३ असार । नेपाल आइडलमा टप टेनभित्र परेर तहल्का मच्चाएकी मेनुका पौडेलको सुमधुर आवाजमा सजिएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पौडेलको सुमधुर आवाजमा सजिएको गीतले माया प्रेमका मीठातिता पलहरुलाई सम्झाएको छ । जसले हरेक प्रेमीहरुलाई आफ्नो यादमा फर्कन बाध्य गराउँछ ।

हाङ चेम्जोङद्वारा निर्देशित म्युजिक भिडियो कोरियाको विभिन्न ठाउँमा सुटिङ भएको म्युजिक भिडियो सुन्दर बनेको छ । नुतन भुसालको प्रस्तुति रहेको कुर्दा–कुर्दैमा गायिका मेनुका पौडेलको आवाज लाई दिपकराज विश्वकर्माले संगीत तथा एरेन्ज गरेका छन् ।

भिडियोमा बिपि याम्फुको क्यामेरा तथा एडिट रहेको छ भने कलाकारहरु सुबी गुरुङ, सन्जोग चेम्जोङ साथै सुजिन र सुन्दरदिपलाई पनि देख्न सकिन्छ । भिडियो नुतन क्रियसनले बजारमा ल्याउको हो । हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?time_continue=51&v=-2rJTdbAgVw

Leave a Reply

Your email address will not be published. Required fields are marked *